• दतात्रय स्क्वार
  • माटोबाट समान बनाउदै
  • नगर सेरोफेरो
  • माटोबाट निर्मित भाडाकुडा
  • बिस्केट जात्रा

भक्तपुर नगरपालिकाको संक्षिप्त परिचय

image

राजधानीबाट १३ कि.मी. पूर्व हनुमन्ते खोलाको किनारमा बसेको भक्तपुरलाई धार्मिक, सांस्कृतिक र ऐतिहासिक शहर मानिन्छ । किरातकालमै खोप्रिङ्ग नामले बस्ती बसिसकेको यो नगर लिच्छवीकालमा आइपुग्दा यहाँका नेवारहरु बीच ख्वप नामले प्रशिद्ध भइसकेको थियो । अद्यापि भक्तपुरलाई यही नामले चिनिदै आएको छ । मल्लकालको पूर्वाद्धमा करिव २०० बर्ष जति बृहत नेपालमण्डलकै राजधानी रहेको भक्तपुरमा कुनै बेला बंगालका शुल्तान समसुद्धिल इलियास, पश्चिमका खसमल्ल राजाहरु तथा दक्षिण पूर्वका सिम्रौनगढका कर्णाटक राजाहरुले गरिएका आक्रमणहरु इतिहास साक्षी छ । यस्ता आक्रमणहरुबाट जोगाउन भक्तपुर शहरलाई बृहत नेपाल मण्डलका अन्तिम शासक यक्ष मल्लले अग्ला अग्ला पर्खालले घेरी चारैतिर ढोका राखी नगरलाई सुरक्षित बनाएको भक्तपुर लायकुस्थित सुनको ढोकामा राखिएको अभिलेखबाट थाहा हुन्छ ।

भक्तपुरमा यक्ष मल्लपछि राज्य गर्ने रणजित मल्लसम्मका कलाप्रेमी राजाहरु तथा हरेक विधामा निपुण भक्तपुरवासीहरुका कारण यो नगर विश्वकै एक अनुपम नगरमा पर्दछ । मल्लकालको उत्तराद्र्धको समयलाई यो नगरको स्वर्णयुग नै भने पनि हुन्छ । यहाँ ठाउँ ठाउँमा बनेका मठमन्दिर, देवालय, शिवालय, दरवार, सत्तल, पाटीपौवा, ढुङ्गेधारा, पोखरी, डबलीजस्ता सम्पदाहरु तथा दैनिक जनजीवनकै रहन सहनदेखि जात्रा, नाचगान, पुजा पर्व आदिले यो नगर जीवन्त साँस्कृतिक नगर बनेको छ । भक्तपुर शहरको ५५झयाले दरवार एउटामात्र देखेका विद्धान इ.ए.पावेलले भक्तपुरको तुलना आधा विश्वसँग गरेका छन् भने इटालियन पादरीहरुले यो नगरका तुलना युरोपको एक विकसित नगर रोमसँग गरेका छन् । विद्धान् जगदीशशमशेरले भक्तपुरलाई नाचगानको राजधानीको संज्ञा दिनुभएको छ । तसर्थ यो नगर आन्तरिक एवम् वाहय पर्यटकहरुको लागि एउटा हेर्नुपर्ने गन्तव्य स्थल बनेको छ ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित संघ/संस्थाहरु

Khwopa Engineering College Khwopa College Khwopa HSS Khwopa Polytech